आज:  | Sun, 19, May, 2024

प्रदेश स्तरीय ट्राफिक सप्ताह आज पहिलो दिन धादिङबेसीमा प्रभातफेरी

२५ माघ २०८०, बिहीबार २०:०२ मा प्रकाशित ( ३ महिना अघि) ३५८ पाठक संख्या
नारी बाटिका


बागमती प्रदेश २५ माघ ।

भगवती बिबियु

ट्राफिक सप्ताह दिवसको अवसरमा आज बागमती प्रदेश स्तरीय कार्यक्रमको पहिलो दिन धादिङबेसीमा प्रभातफेरी सम्पन्न भएको छ । हरेक वर्ष साताब्यापी रुपमा भिविन्न कार्यक्रमसाथ मनाईने गरिन्छ । 

गतवर्षमा जस्तै यस वर्षको दिवश भब्यता पुर्वक सम्पन्न गर्नका लागि बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन, जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको संयुक्त आयोजनामा आज प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो ।

साथै जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्र,नारी जागरण केन्द्र धादिङका कार्यकारी निर्देशक भगवती उपे्रती,सामुदायिक सेवा केन्द्र, लैङ्गिक हिंसा नियन्त्रण संजाल, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, गैसस महांसंघका अध्यक्ष शालिकराम दुवाडीको उपस्थिती रहेको थियो । 

यस्तै कार्यक्रममा जिल्ला अस्पताल धादिङ, ग्रामिण यातायत समिति,नारी जागरण केन्द्रका सदस्य तथा कर्मचारीहरु,धादिङ मण्डली यातायत प्रा.लि, संयुक्त यातायत प्रा.लि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रका कर्मचारीहरु, नेपाली सेना शिवदल गण सुरक्षा गुल्म धादिङ, सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यस्तै धादिङ जिल्ला स्थित विभिन्न विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु, प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र नगर प्रहरी समेत गरि करिब ७०० जनाको उपस्थितिमा स्थानिय झाक्री र    निलकण्ठ माविका विद्यार्थीहरुबाट नेपाली मौलिक पञ्चे बाजागाजा सहित बिहिबार विहान ८ बजेबाट धादिङबेशीको पुछारबजार देखि सिरान बजार सम्म प्रभातफेरी र्रयाली भई सिरान बजार स्थित भगवती मन्दिरको प्राङगणमा कोण सभामा परिणत भएको थियो ।

प्रमुख अतिथि नगर प्रमुख भिम प्रसाद ढुंगानाबाट पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घघाटन गरिएको थियो ।   कार्यक्रममा ट्राफिक जनचेतनामुलक जिङगल प्रशारण तथा पर्चा समेत वितरण गर्दै उक्त कार्यक्रम भव्य र सभ्य रुपमा समापन भएको थियो ।   साथै बागमती प्रदेश स्तरीय यस ट्राफिक सप्ताह २०८० कार्यक्रम ट्राफिक प्रहरी कार्यलय र जिल्ला प्रहरी कार्यलयको सयुक्त आयोजनामा आउँदो फागुन २ गतेसम्म समुदायस्तरमा विभिन्न सचेतनाका कार्यहरु गरी सप्ताहव्यापी रुपमा मनाईने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%६%१%२%

प्रतिक्रिया दिनुहोस