आज: २०८३ भाद्र ३, बुधबार | Wed, 19, Aug, 2026

सिद्धादलेक ७ वडा कार्यालयमा लगाईएको ताला ९ दिनपछी खुल्यो

२०८३ भाद्र ३, बुधबार मा प्रकाशित ( २६ मिनेट अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ- ३ भदौ ।

धादिङको सिद्धलेक गाउँपालिका ७ स्थित वडा कार्यालयमा लगाइएको ताला आज ९ दिनपछि खुलाइएको छ।

स्वीकृत दरबन्दी अनुसार वडामा कार्यरत कर्मचारी शान्ति मगरातीलगायत अन्य तिनजनालाई सेवाबाट हटाइएपछी सो को विरोधमा स्थानीय बासिन्दासहित मिलेर गत साउनको २५ गते अनिश्चितकालीन तालाबन्दी लगाइएको हो ।

पालिका तथा बागमति पदेश सरकारको कर्मचारी व्यवस्थापन ऐन अनुसार स्वीकृत दरबन्दीमा कार्यरत करारमा(अस्थाई) कर्मचारी शान्ति मगराती लगायतलाई पुनर्बहाली गरिएपछि स्थानीयले शोमबार वडा कार्यालयमा लगाएको ताला खोलेका हुन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस