आज:  | Mon, 20, May, 2024

सर्वोच्च अदालतको फैसलाका आधारमा सरकारले फागुन १ गते सार्वजनिक बिदा नदिने निर्णय

२९ माघ २०८०, सोमबार १८:१४ मा प्रकाशित ( ३ महिना अघि) १९३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, २९ माघ

भोली फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सरकारले दिने भनिएको सार्वजनिक बिदा कटौती गरेको छ । हजारौं नेपालीले ज्यान गुमाउनु परेको घाउमा सरकारले फागुन १ गतेलाई सार्वजनिक विदा दिएर ज्यान गुमाएका परिवारको घाउमा नुनचुक छर्किन लागेको भन्ने जस्ता जनमासबाट तिब्रगतिमा बिरोध आएपछी सर्वोच्च अदालतको फैसलाका आधारमा भोली फागुन १ मा सरकारले विदा नदिने निर्णय गरेको हो ।

आज गृह मन्त्रालयले सूचना जारी गर्दै फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार गत फागुन २ गते राजपत्रमा प्रकाशित बिदा कायम नरहेको जानकारी दिनु भयो ।

फागुन १ गतेलाई सरकारले जनयुद्ध दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । तर सर्वाेच्चमा रिट परेपछी आम नागरिकबाट आएको गुनासोलाई संवोधन गर्दै सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिएको थियो ।

माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश अनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस