
नारी बाटिका
भगवती बिबियु
नारी बाटिका संवाददाता
धादिङ ०३ फागुन ।
नेकपा एमाले धादिङको अधिवेशनको निर्वाचनका लागि अहिले बिहान ७ बजेबाट मतदान भइरहेको छ । साथै एमाले धादिङको अधिवेशनको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट जारी रहेको छ ।
पार्टीभित्रको आन्त्रिक विवादका कारण केही दिनदेखी रोकिएको निर्वाचन आज सम्पन्न गर्नका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरी निर्बाचन गरिएको हो । जिल्लामा पहिलो पटक विद्युतीय भोटिङ मेसिनबाट मातदान गर्न मतदातालाई शिक्षा दिने उदेस्यले हिजो वुधबार एमालेले मतदाता शिक्षा कार्यक्रम संन्चालन गरेको थियो ।
यस्तै आज भएको निर्बाचनको नतिजालाई छिटो र छरितो बनाउन तथा मतदान र मतगणना सहज भई परिणाम सार्वजनिक गरिने तयारी गरेको छ । प्रचारप्रसार विभाग तथा निर्बाचन समितिका अनुसार समाचार संकलन गर्न चाहने पत्रकारहरु नेकपा एमाले धादिङको पार्टी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।







प्रतिक्रिया दिनुहोस