आज: २०८२ पौष २२, मंगलबार | Tue, 06, Jan, 2026

आयोगले नियम उल्लंघन गरेका ४१ राजनीतिक दललाई खारेजी गर्दै

२०८० फागुन ४, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ८१७० पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ फागुन ।

निर्वाचन आयोगले ४१ राजनीतिक दललाई खारेजीको प्रक्रियामा लाने भएको छ। दल दर्ता गरेका तर सदस्य र केन्द्रीय पदाधिकारीको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिकरण नगर्ने त्यस्ता राजनीतिक दललाई खारेज गरिने प्रक्रियामा लाने भएको हो।

यसैगरी  निर्बाचनको आचारसहिता नमान्ने,नियम उल्लंघन गरेका कारण तोकेको जरिवाना समेत नबुझाएपछि खारेजी प्रक्रियामा अघि बढाउन वाध्य भएको आयोगको कानस्न तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले जनाएको छ ।

‘आयोगले खारेजी प्रक्रियामा लैजानुअअि आयोगको निर्देशनलाई आलेटाले गरी नियममा नचल्ने त्यस्ता ४१ दललाई अन्तिम एक पटकका लागि जरिवाना बुझाउने अन्तिम मौकाको लागी निर्देशन दिने र नबुझाए खारेज प्रक्रिया अगाडि बढाउने निर्णय भएको जनाएको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७८।०७९ को आय व्ययको विवरण नबुझाउने र बुझाए पनि सार्वजनिक नगरेका दलको सङ्ख्या ४० यटा छ ।

४१ दलमध्य आधुनिक नेपाल समाजवादी नामको पार्टीले भने केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेकाले अझै एकपटक जरिवाना बुझाउन म्याद दिने निर्णय भएको आयोगले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस