आज:  | Thu, 02, May, 2024

तनहुँको आँबुखैरेनी गाउँपालिकामा जीप दुर्घटना हुंदा एकको मृत्यु, सातजना घाइते

६ फाल्गुन २०८०, आईतवार ०८:३९ मा प्रकाशित ( २ महिना अघि) १८१ पाठक संख्या
नारी बाटिका


तनहुँ ६ फागुन ।

तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा पृथ्वीराजमार्गमा भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा सातजना घाइते भएका छन् ।

गएराति डुम्रेबाट आँबुखैरेनी तर्फ जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जीप आफै अनियन्त्रित भई सडकको छेउमै पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घाईते भएका गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनामा परी घाईते हुनेहरुमा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका–२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ रहेका छन्।

यस्तै घाइते भएकाहरु मध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचार पश्चात घर फर्किएको प्रहरीले जनाएको छ। जीप चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस