
नारी बाटिका
काठमाडौँ ६ फागुन ।
पछिल्लो समयमा मुलुकमा नेतादेखी नेपाल सरकारका उच्च तहमा कार्यरत कर्मचारीहरु एकपछी अर्को गर्दै भटाभट भ्रष्टाचारको अभियोग लाग्ने क्रम बढ्दो छ । जसअनुसार आज मात्रै भ्रष्टाचारको गरेको आरोपमा अध्यागमनका महानिर्देशक रुद्रसिंह तामाङको विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
आयोगले तामाङले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रहेका समयमा भ्रष्टाचार गरेको अभियोगमा उनी विरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तामाङ विरुद्को मुद्दामा ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ ८८ पैसाको बिगो मागदावी सहित मुद्धा दायर गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सो दफा बमोजिम उक्त ऐनको दफा ३ (१० र ३ (१० (झ) बमोजिम कैद र जरिवाना दावी गरी दफा १७ बमोजिम बिगो असुल गरि पाउन मागदावी गरेको आयोगले जनाएको छ।
यस्तै मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्व सचिव सहित १८ जना विरुद्ध मुद्दा दायर गरेको छ।आयोगले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा.संजय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर र समितिका कार्यकारी निर्देशक सहित १५ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।








प्रतिक्रिया दिनुहोस