आज:  | Sun, 19, May, 2024

बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा सशस्त्र प्रहरीको पोस्टमा आगलागी

१२ फाल्गुन २०८०, शनिबार १९:२३ मा प्रकाशित ( २ महिना अघि) ३६३ पाठक संख्या
नारी बाटिका


तस्वीर अनलाईन साभार

बारा- १२ फागुन।

बाराको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्टमा आगलागी भएको छ । बारा जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भई आगलागी भएको विश्रामपुरस्थित गाउँपालिकाका प्रशासनले जनाएको छ ।

‘आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको । तर सबै हातहतियार गोलीगट्ठा सहित सबै सामान जलेर नष्ट भएको प्रारम्भिक जानकारी गरिएको छ ।आज ’ दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट कुनै किसिमको मानवीय क्षति भने नभएको जनाइएको छ ।

एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठा सहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको र आगलागीबाट के कति हातहतियार तथा गोलीगगट्ठाका सामानहरु क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म आउन नसकेको प्रशासनको भनाई छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस