
नारी बाटिका
तस्वीर अनलाईन साभार
बारा- १२ फागुन।
बाराको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्टमा आगलागी भएको छ । बारा जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भई आगलागी भएको विश्रामपुरस्थित गाउँपालिकाका प्रशासनले जनाएको छ ।
‘आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको । तर सबै हातहतियार गोलीगट्ठा सहित सबै सामान जलेर नष्ट भएको प्रारम्भिक जानकारी गरिएको छ ।आज ’ दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट कुनै किसिमको मानवीय क्षति भने नभएको जनाइएको छ ।
एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठा सहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको र आगलागीबाट के कति हातहतियार तथा गोलीगगट्ठाका सामानहरु क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म आउन नसकेको प्रशासनको भनाई छ ।








प्रतिक्रिया दिनुहोस