आज:  | Sun, 19, May, 2024

छोरी जन्माएकोमा सासुले गाली गरेपछी बच्चा छाडेर अस्पतालबाट सुत्केरी आमा हराईन्

१३ फाल्गुन २०८०, आईतवार १९:४१ मा प्रकाशित ( २ महिना अघि) ४५६ पाठक संख्या
नारी बाटिका


काठमाडौं १३ फागुन ।

सुरक्षित सुत्केरी गराउन अस्पताल भर्ना भएकी एक महिलालाई छोरी जन्माएको भन्दै सासुले गालीगलोज गरेपछी आमा बेपत्ता भएकी छन् । सुक्रबार वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर एक सुत्केरी आमा बेपत्ता भएकी छन् । अस्पतालमा सुत्केरी गराउन गएकी गर्भवती महिलाले छोरीलाई जन्म दिएको र छोरी जन्माई भन्दै उनकी सासुले झगडा गरेपछी अस्पतालमै शिशु छाडेर सुत्केरी आमा बेपत्ता भएकी हुन् । बच्चा छाडेर आमा बेपत्ता भएपछी प्रहरीले ,उनको खोजी गरीरहेको छ ।

शुक्रबार उक्त अस्पतालमा जन्मेको शिशुलाई छाडेर लगतै उनी फरार भएको जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाले बताउनु भयो । सुत्केरी महिलासँगै उनकी सासू पनि सम्पर्क विहीन छन् । महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगन्ज’ टिपाएकी थिइन् ।
सुत्केरी महिलाले नाम र ठेगाना समेत गलत टिपाएको हुन सक्ने प्रहरीले जनाएको छ । देख्नेहरूले भने शिशुलाई जन्म दिएकी महिला र सासूबीच अस्पतालमा झगडा भएको थियो । छोरी जन्माएको भन्दै सुत्केरीलाई सासुले गाली गरेकी थिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस