आज:  | Mon, 29, Apr, 2024

आजको मौसम फेरवदल सम्वन्धि जानकारी

१४ फाल्गुन २०८०, सोमबार ०८:२५ मा प्रकाशित ( २ महिना अघि) १६७ पाठक संख्या
नारी बाटिका


काठमाडौं १४ फागुन ।

आजको मौसम सफा रहन्छ या फेरवदल छ । यस सम्वन्धि जानकारी गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण तया बदली रही बाँकी भू–भागको मौसम मुख्य तया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसतबेला नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल देशको मधेश प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्य तया सफा रहेको जनाएको छ ।

यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै शोमबार राति देशभर आंशिक देखि साधारण तया बदली रहने र देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस