आज:  | Sat, 27, Jul, 2024

१३ वर्षिय सालीनको होस्टेलमा झुण्डिएको अबस्थामा भेटियो हत्याको आशंकामा परिवारबाट अनुसन्धानको माग

१८ फाल्गुन २०८०, शुक्रबार ०९:०९ मा प्रकाशित ( ४ महिना अघि) ४८५ पाठक संख्या
नारी बाटिका


काठमाडौं १८ फागुन ।

गोरखाकी १३ वर्षिय बालिका सालीन पोख्रेलको होस्टेलमै झुण्डिएको अबस्थामा भेटिएकोले परिवारबाट अनुसन्धानको माग गरेका छन् । गोरखा घर भई पुर्वी चितवनको रत्न नगरपालिका १० स्थित एकता शिशु निकेतन बिद्यालयको कक्षा–८ मा अध्ययनरत १३ वर्षिय बालिका सालीन पोखरेलको स्कुलकै होस्टलमा मृत भेटिएकी थिईन ।

निज बालिका अध्ययनरत बिद्यालयले सन्चालन गरेको होस्टेलमा झुण्डिएको अबस्थामा मृत अबस्थामा भेटिएपछ बालिकाका आफन्तजनले घटना शंकापद रहेको भन्दै गम्भिर अनुसन्धानको माग गरेका हुन् । साथै बालिकाको रहस्यमय मृत्युमा यतिबेला सामाजिक संन्जालहरुमा यसरी लेखिएको पाईन्छ ।

ति सानी नानी को के अपराध थियो र यस्तो जगन्य अपराध भयो ? कक्षा–८ मा अध्ययनरत गोरखाकी १३ वर्षिय सालीन पोखरेल आफु पढ्ने बिद्यालयको होस्टलको कोठामा झुन्डिएको अवस्थामा भेटिएको, र चितवन प्रहरीले आत्माहत्या भनेको सुनिन आएको छ, । तर पोस्ट मार्टम रिपोर्ट तथा परिवार को दावी अनुसार बलात्कार पछी हत्या भन्ने समाचार देखियो ।

यदि उनको जघन्य अपराधपछी हत्था भएको हो भने त्यस्ता हत्यामा संलग्न अपराधीलाई यथासक्य छिटो पत्ता लगाई कठोर भन्दा कठोर कारबाही होस् िता कि फेरी यस्ता अपराधीक घ्रिणित घटना नदोहोरियोस जस्ता माग गरेका छन् ।

साँच्चै नानीको हत्या नै भएएको घटना प्रमाणले देखाएको छ भने यि निर्दोष बालिकाको हत्या की आत्महत्या भन्नेमा गम्भिर अनुसन्धान होस् । ,सत्य तत्थ्य र यथार्थ तत्काल बाहिर आओस हाम्रो पनि जोड्छाड माग रहेको छ ।
म्रितक सानी नानीलाई श्रद्दान्जली तथा परिवार जनमा हार्दिक समवेदना ।।।।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%

प्रतिक्रिया दिनुहोस