आज: २०८२ चैत्र ४, बुधबार | Wed, 18, Mar, 2026

अचम्मै लाग्दो मुलुकको राजनिती पनि.?आज त एकाएक नयाँ सरकारै बनिसक्यो ?

२०८० फागुन २१, सोमबार मा प्रकाशित ( २ साल अघि) ११८८४ पटक पढिएको
नारी बाटिका


काठमाडौं- २१ फागुन ।

अचम्मै लाग्दो मुलुकको राजनिती पनि…? हिंजोसम्म अलिअलि गाईँगुईँ हल्ला चलेको मात्रै थियो । तर आज त एकाएक पुरानो गठवनधनै भत्कीएर नयाँ सरकारै बनिसक्यो ।

अनि नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा यि तिनजना नेताहरुलाई मन्त्रीको चिठ्ठा नै परीसक्यो । नयाँ गठवन्धनको सरकारबाट मन्त्रीमा नाम परेका को को हुन त ? पहिलो चरणमा नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डिपी अर्यालले विना विभागीय मन्त्रीको शपथ आजै लिँदैछन्।

नयाँ सत्ता समीकरणबाट माओवादी, एमाले र रास्वपाबाट १र१ जना मन्त्री बन्ने पक्का भएको हो। साथै यि तीन नेताहरूले आजै मन्त्रीको शपथ लिने भएका हुन्। प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेर यी तीन मन्त्रीहरूको शपथ बारे राष्ट्रपतिलाई जानकारी गराइसकेका छन्।

तस्वीर:  सामाजिक संन्जालबाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस