
नारी बाटिका
काठमाडौँ २१ फागुन ।
मुलुकमा सरकार फेरिएसंगै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । आज बालुवाटारमा बसेको बैठकमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चार दलबीच सहकार्य भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
नयाँ सत्ता गठबन्धनको सरकारलाई रुचाउने अन्य दललाई समेटेर सरकारलाई पूर्णता दिने निर्णय गरेको हो । नयाँ सत्ता गठबन्धनले अरु दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने निर्णय गरेको सचिवालयले जनाएको छ ।
शोमबार भएको नयाँ गठबन्धनको सरकारमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् । समीकरण फेरिएपछि सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ‘प्रचण्ड आफ्नै काँधमा आएको आएको बताएको छन् ।
नयाँ सरकारको गठवन्धनमा एमाले, माओवादी, रास्वपा र जसपा सम्मिलित गठबन्धनमा नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति लगायत साना दललाई पनि समेट्ने प्रयास भइरहेको छ ।








प्रतिक्रिया दिनुहोस