आज:  | Thu, 09, May, 2024

नयाँ गठबन्धन रुचाउने दलहरूलाई समेटेर सरकारलाई पूर्णता दिने निर्णय

२१ फाल्गुन २०८०, सोमबार १९:५८ मा प्रकाशित ( २ महिना अघि) २२० पाठक संख्या
नारी बाटिका


काठमाडौँ २१ फागुन ।

मुलुकमा सरकार फेरिएसंगै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । आज बालुवाटारमा बसेको बैठकमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चार दलबीच सहकार्य भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

नयाँ सत्ता गठबन्धनको सरकारलाई रुचाउने अन्य दललाई समेटेर सरकारलाई पूर्णता दिने निर्णय गरेको हो । नयाँ सत्ता गठबन्धनले अरु दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने निर्णय गरेको सचिवालयले जनाएको छ ।

शोमबार भएको नयाँ गठबन्धनको सरकारमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् । समीकरण फेरिएपछि सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ‘प्रचण्ड आफ्नै काँधमा आएको आएको बताएको छन् ।

नयाँ सरकारको गठवन्धनमा एमाले, माओवादी, रास्वपा र जसपा सम्मिलित गठबन्धनमा नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति लगायत साना दललाई पनि समेट्ने प्रयास भइरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस