
नारी बाटिका
भगवती बिबियु
धादिङ २३ फागुन ।
धादिङको गजुरीस्थित घाटवेशीमा सवारी दुर्घटना हुंदा ५ जनाको मृत्यु भएको छ । त्यस्तै उक्त दुर्घटनामा परी ३७ जना घाईतै भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटवेशीमा कपिलवस्तुबाट काठमाडौं तर्फ जादै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
दुर्घटना स्थलमा विहानैदेखी जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख तथा उपरिक्षक गौतम कुमार केसीको कमाण्डमा खटिई गएका सशस्श्र प्रहरीवल,ट्राफिक प्रहरी,नेपाली सेना लगायतका सुरक्षा टोलीले उद्धारको कार्य गरिरहेका छन् ।
आज विहान अ..४ः४५ बजेको समयमा भएको दुर्घटनामा परी घाईते भएका ३७ जनालाई थप उपचारको लागी काठमाडौ पठाइएको जिल्ला कार्यलय धादिङका प्रहरी प्रवत्ता तथा डिएसपी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो । । साथै उक्त दुर्घटनाबारे थप बिवरण आउन बाँकी ।








प्रतिक्रिया दिनुहोस