
नारी वाटिका डट्कम
वागमति प्रदेश -१५ साउन ।
सरकारले चार जना सचिवको सरुवा गर्दै बागमती प्रदेश सरकारमा वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायम प्रमुखको जिम्मेवारी दिएर पठाएको छ।
बुधबारको मन्त्रिपरिषद्को बैठकले विभिन्न प्रदेशमा प्रशासनिक नेतृत्वमा भएका प्रमुखहरुलाई फेरबदल गर्ने निर्णय गरेको मुख्यसचिव गोविन्द कार्कीले जानकारी दिएका छन्।
सोही अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा.कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा, सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गरिएको छ । ६ महिनाअघि मात्रै सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारीमा पुगेकी बस्नेतलाई सरुवा गरिएको हो।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवका रूपमा सरुवा गरिएको छ।
बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा लगिएको छ भने बागमती प्रदेशमा वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।
प्रशासनिक संयन्त्रको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उदेस्यले सरकारले सचिवहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस