आज:  | Sat, 04, May, 2024

भोली महाशिवरात्री पर्व देशभरीका शिवपिठहरुमा धार्मिकमेला लाग्दै

२४ फाल्गुन २०८०, बिहीबार १४:४९ मा प्रकाशित ( १ महिना अघि) १५४ पाठक संख्या
नारी बाटिका


काठमाडौं २४ फागुन ।

भोली महाशिवरात्री पर्व हो । देशभरीका शिवपिठहरुमा भव्य रुपमा धार्मिकमेला लाग्दैछ । शिवरात्रीका दिन विशेष गरी भगवान शिवको पूजा,आराधना गरेर महाशिवरात्री पर्व मनाईंदै छ । फागुन कृष्ण्ँ चतुर्दशीका दिन धुमधामले यस पर्वलाई मनाइने गरिन्छ । शवजीको उत्पत्ति यसै रात भएको विभिन्न धार्मिक हितिहाँसहरुमा पाईन्छ ।

यसै रातको नामबाट यस चाडको नाम शिवरात्री हुन गएको धार्मिक मान्यता छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये यो महत्वपूर्ण पर्व भएको पुराण्ँमा उल्लेख गरिएको छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने रसंहार गर्ने तत्वले गर्दा पत्रविहीन भइ जीर्ण भइरहेका रुख, बिरुवा, झार उनकै शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्रि मनाउने गरिएको अर्को जनबिश्वाश छ ।

यस पर्वका दिन उपवास गरेर रातभर जाग्राम बसे सर्वसिद्धि प्रप्ति भई यमलोक जानु नपर्ने समेत धामिक विश्वास छ ।शिवरात्रीलाई शिवको अति प्यारो दिनका रुपमा पनि लिने गरिन्छ । यस दिन सनातन हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गएर शिवको दर्शन गर्ने गर्छन् ।

यस दिन शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईँचो लाग्ने गर्दछ । विशेषगरी काठमाडौंको पशुपतिनाथमा भक्तजनको ठूलो मेला लाग्छ । एक साताअगाडिदेखि देश,विदेश,विभिन्न भाग र भारतबाट समेत साधुसन्तहरु पशुपति मन्दिर परिषरमा भेला हुन्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस