
नारी बाटिका
काठमाडौँ २४ फागुन ।
पछिल्लो समयमा बैंक ,वित्तिय तथा सहकारी संस्थाहरुबाट सकेजति ऋण लिने र तिर्ने समय आएपछी ऋण तिर्नु पर्दैन जस्ता गलत हल्ला फैल्याउनेलाई चेतावनी दिएका छ नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैंक तथा वित्ती संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका हुन् ।
सिंहदरबारस्थित बधाई तथा शुभकामना व्यक्त गर्न बिहीवार मन्त्रालयमा पुगेका टोलीसँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने बताउनु भएको हो।
आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नर्तिन भड्काउँदै हिंड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्वद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी दिनु भयो। हाल देशभरमा केही गलत मानसिकता बोकेका ब्यक्तिहरुले आफुले चारतिरबाट ऋण लिएर तिर्नु पर्दैन भनेर भ्रम सिर्जना गरी ठगी गर्न खोज्ने हरुको जमात मिलेर गलत हल्ला फैलाउदै हिडेको अबस्था छ ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने गलत र ठगी प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन’, पुनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन।’ निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने प्रतिबद्धता मन्त्री पुनको रहेको छ ।
देशमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेण्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पुनको भनाई छ ।
‘सरकारले लगानीको वातावरण बनाउँछ। सुरक्षाको प्रत्याभूति दिलाउँछ’, उहाँले ‘निजी क्षेत्र आत्तिने र डराउने वातावरणको सरकारले अन्त्य गर्छ।’ सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिको सुरक्षा दिने प्रतिबद्धता गर्छ ।
यस्तै मन्त्री पुनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गरे। फरक प्रसंगमा उहाँले सत्तारुढ गठबन्धनमा भएको परिवर्तनका कारण पूर्वनिर्धारित लगानी सम्मेलन प्रभावित नहुने समेत स्पष्ट पार्नु भयो ।








प्रतिक्रिया दिनुहोस