आज: २०८३ कार्तिक १६, आईतबार | Sun, 01, Nov, 2026

डोल्पामा भारी हिमपात, ६ भारतीय पर्यटक सम्पर्क विहीन

२०८३ कार्तिक १६, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) १२५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
डोल्पा -१५ कात्तिक ।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपात भएपछी ६ जना भारतीय पर्यटक सम्पर्क विहीन भएका छन्।

उक्त क्षेत्रमा घुम्न गएका ६ जना भारतीय पर्यटकहरु बिहिबारदेखीको लगातारको वर्षाले भारी हिमपातका कारण फसेको भन्ने जानकारी जिल्ला प्रशासन कार्यालय, दुनैमा राति ९ बजे प्राप्त भएको थियो ।

डोल्पा जिल्ला जिल्ला प्रहरीका अनुसार फसेका पर्यटकहरु मध्ये प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारलगायतका छन्। यद्यपि, सञ्चार सम्पर्कमा समस्या भएका कारण सबै पर्यटकको यकिन विवरण प्राप्त हुन नसकेको जनाएको छ ।

घटनाको सम्वन्धमा जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत उद्धारका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यस्तै फसेका पर्यटकको उद्धार तथा थप जानकारीका लागी सम्बन्धित निकायबीच समन्वय भइरहेको प्रहरीको भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑