आज:  | Sun, 05, May, 2024

आज उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना

२६ फाल्गुन २०८०, शनिबार ०७:४० मा प्रकाशित ( १ महिना अघि) २१९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २६ फागुन ।

शनिबार तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । आज कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोली आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित केही पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस