आज:  | Mon, 06, May, 2024

नारी केन्द्र धादिङको २५ औं स्थापना दिवसका अबसरमा खुल्ला रक्तदान कार्यक्रम हुँदै

१ चैत्र २०८०, बिहीबार १९:३५ मा प्रकाशित ( १ महिना अघि) २८८ पाठक संख्या
नारी बाटिका


धादिङ– ०१ चैत्र ।

नारी जागरण केन्द्र धादिङद्वारा भोली खुल्ला रक्तदान कार्यक्रम हुँदैछ । जिल्लाका गैरसरकारी संस्थाहरु मध्यकै जेष्ठ संस्थाको रुपमा रहेको केन्द्रले आफ्नो २५औं जन्मदिनको अबसरमा भोली चैत्र २ गतेका दिन वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

विगत २५ वर्ष अगाडी महिला तथा बालबालिकाको क्षेत्रमा विशेष गरी लैंगिक हिंसा बिरुद्धमा कार्य गर्नको स्थापना भएको केन्द्रले धादिङ जिल्लामा भौतिक तथा सामाजिक सचेतनामुलक क्षेत्र निकै कार्यहरु सम्पन्न गरिसकेको छ ।

पछिल्लो समयमा मानिसको स्वास्थ्यमा कुनै न कुनै समस्या देखिने र विशेषगरी अशक्त,अपाङगता,गर्भवती,सुत्केरी महिलाहरु तथा जेष्ठनागरिक बृद्ध बृद्धाहरुलाई समस्या पर्दा रगतको अभावलाई कम गर्नका लागी आफ्नो स्थापना दिवसका अबसरमा रक्तदान गरी सहयोग पुर्याउने उदेस्यका साथ खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्था केन्द्रले जनाएको छ ।

भोली सुक्रबार धादिङ अस्पतालको परिसरमा विहान ८ बजेदेखी दिनको करिब ४ बजेसम्म हुन गैरहेको रक्तदान कार्यक्रममा सहभागी हुन सम्पुर्ण मनकारी र सेवाको भावनाले भरिएका रक्तदाताहरुलाई केन्द्रले आग्रह गरेको छ । “ म हिंसा सहन्न,म हिंसा गर्दिन“ भन्ने मुल नाराका साथ केन्द्रले जिवनदान मुलक उक्त खुल्ला रक्तदान हुन लागेको हो ।

नारी जागरण केन्द्र धादिङ र नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सयुक्त आयोजनामा नारी बाटिका डट्कम अनलाईन खबरको सहयोग र नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको प्राविधिक सहयोगमा कार्यक्रम हुने भएको छ ।

धादिङमा हुने रगतको अभावलाई कम गर्नका लागी आयोजित उक्त रक्तदान कार्यक्रम भोली बिहान ८ बजेदेखि दिनको करिब ४ बजेसम्म संचालन हुने भएकोले केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले सबै रक्तदातालाई रगतदान गरेर सहयोग गर्नु हुन हार्दिक आग्रह गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस