आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

आज संसद्का दुवै सदनको बैठक बस्ने तयारी

२०८० चैत्र २, शुक्रबार मा प्रकाशित ( २ साल अघि) १६३७१ पटक पढिएको
नारी बाटिका


काठमाडौं स्२ चैत ।

आज संसद्का दुवै सदनको बैठक बस्ने तयारी गरिएको छ । संसद् भवन नयाँ बानेश्वरमा सुक्रबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। त्यस्तै आजै राष्ट्रिय सभा बैठक बिहानको सवा ११ बस्ने जनाइएको छ।

उक्त बैठकमा प्रतिनिधिसभाबाट उत्पति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन गर्न सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची तय भएको छ।

बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस