आज:  | Sun, 05, May, 2024

२५ औं रजजयन्तीका अबसरमा नारी केन्द्रद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

२ चैत्र २०८०, शुक्रबार १९:०४ मा प्रकाशित ( १ महिना अघि) ५४१ पाठक संख्या
नारी बाटिका


धादिङ– २ चैत्र ।

स्थापनाको २५ औं रजजयन्तीका अबसरमा नारी केन्द्रद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “ म हिंसा सहन्न,म हिंसा गर्दिन“ भन्ने मुल नाराका साथ जिवनदान मुलक उक्त खुल्ला रक्तदान गरिएको हो ।

जिल्लाका गैरसरकारी संस्थाहरु मध्यकै जेष्ठ संस्थाको रुपमा रहेको नारी केन्द्रले आफ्नो २५औं जन्मदिनको अबसरमा वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

सुक्रबार धादिङवेशीस्थित अस्पतालको परिसरमा सम्पन्न भएको खुल्ला रक्तदानमा १६ जना महिला र १० जना पुरुष गरी २६ जनाले रक्तदान गरेका हुन् ।

विगत २५ वर्ष अगाडी महिला तथा बालबालिकाको क्षेत्रमा विशेष गरी लैंगिक हिंसा बिरुद्धमा कार्य गर्नको स्थापना भएको नारी केन्द्रले धादिङ जिल्लामाा शिक्षा,खानेपानी,थोपा सिचाँइ आयोजना,तरकारी संकलन घर निर्माण लगायत सामाजिक सचेतनामुलक क्षेत्र निकै कार्यहरु सम्पन्न गरिसकेको छ ।

यस्तै नारी केन्द्रले समुदाय स्तरमा महिला समुह,महिला सहकारी निर्माण गरी समुहमा साना व्यवशायी सहुलियत कोष(घुम्तिकोष) जस्ता कार्यक्रम संन्चालन गरी समुहका महिलाहरुले बाख्रापालन,तरकारी खेती,साना किनारा पसल,सिपमुलक व्यवशाय लगायतका कार्यमा सहयोग पुर्याउँदै आइरहेको छ ।   त्यसैगरी सहकारीमा खाता भएका महिला र उनीहरुका बालबालिका समुह सदस्य,जेष्ठ नागरिक लगायतलाई कुनै कारणले दुर्घटना तथा चोट पटक र अंगभंग भएमा रु,एकलाख सम्मको उपचार स्वास्थ्य बिमा समेत गरिदिएको छ ।

आधुनिक जिवन शैली संगसंगै पछिल्लो समयमा मानिसको स्वास्थ्यमा कुनै न कुनै समस्या देखिने र विशेषगरी अशक्त, अपाङगता, गर्भवती, सुत्केरी महिलाहरु तथा जेष्ठनागरिक बृद्ध बृद्धाहरुलाई समस्या पर्दा रगतको अभावलाई कम गर्नका लागी

आफ्नो २५औंं स्थापना दिवस तथा रजजयन्तीका अबसरमा रक्तदान गरी धादिङका महिला या पुरुषहरुलाई आवश्यक पर्दा रगतको समस्यामा सहयोग पुर्याउने उदेस्यका साथ खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था केन्द्रले जनाएको छ ।

आज सुक्रबार धादिङ अस्पतालको परिसरमा विहान ८ बजेदेखी दिनको करिब ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा धादिङ रेडक्रसका प्रतिनिधी तथा समाजसेवी नारायण कुमार श्रेष्ठले कार्यक्रम अबधीभर रक्तदान स्थलमा बसी सहयोग पुर्याउनु भएको थियो ।

कार्यक्रममा केन्द्र र नारी बिकास सहकारी संस्थाका पदाधिकारीहरु,कर्मचारीहरु,सेवाको भावनाले भरिएका रक्तदाताहरुलाई आफ्नो अमुल्य रगत दिएर सहयोग पुर्याउन भएकोमा आयोजकका तर्फबाट कार्यकारी निर्देशक भगवती उप्रेतीले हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ ।

नारी केन्द्र धादिङ र नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सयुक्त आयोजनामा नारी बाटिका डट्कम अनलाईन खबरको सहयोग र नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%६%२%

प्रतिक्रिया दिनुहोस