आज:  | Sun, 05, May, 2024

बागलुङमा बस दुर्घटना हुंदा सवारीधनी सहित ९ जनाले ज्यान गुमाए,, २८ घाइते

६ चैत्र २०८०, मंगलवार ०७:५७ मा प्रकाशित ( १ महिना अघि) २७२ पाठक संख्या
नारी बाटिका


तस्वीर स्रोत : गोरखापत्र

काठमाडौं ६ चैत ।

शोमबार साँझ बागलुङमा बस दुर्घटना हुंदा सवारीधनी सहित ९ जनाले ज्यान गुमाएका छन् । साथै उक्त घटनामा परी २८ जना घाइते भएका छन् । सोमबार साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुन मगर, पश्चिमरुकुम मुसिकोट नगरपालिका(१ की २७ वर्षीया विनिता केसी र रुकुम मुसिकोट(४ सोलाबाङका ३५ वर्षीया टीका केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनु भयो।

यस्तै सोही दुर्घटनामा परी मुसिकोट नगरपालिका(३ साँखकी कल्पना केसी, गोर्खा घर भएकी गीता थापा, ललितपुर घर भएका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका(५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको हो।

यस्तै दुर्घटनामा सवारीधनी रुकुमपश्चिम मुसिकोट नगरपालिका(२ रातामाटाका बबिददेल नेपाली र चालक रोल्पाका सुवास गौतम भनिने मानसिंह विकले पनि ज्यान गुमाएका छन् ।

सात दुघैटनामा जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुईजनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी सुचना अधिकारी केसीले बताउनु भयो । उक्त दुर्घटनामा ज्यान गुमाउनेहरु अधिकांश रुकुमकै हुन्। घटनास्थलमै जयान गुमाएका सातजनाको शव सोमबार राति नै रुकुम पठाएको प्रहरीको भनाई छ। उपचारका क्रममा मृत्यु भएका दुईजनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको जनाइएको छ।

साथै घाइते भएकाहरु मध्ये एक जनाको उपचार ​बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ। २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको बताईएको छ।

शोमबारपूर्वी रुकुमबाट काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश०१.००६ख३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका(६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो। बस सडकबाट करिब १५० किलोमिटर तल खसेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%५%

प्रतिक्रिया दिनुहोस