
नारी बाटिका
काठमाडौं ७ चैत ।
आज अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस हो । हरेक वर्ष अंग्रेजी २० तारिखका दिन विश्वब्यापी रुपम मख स्वास्थ्य दिवश मनाउने गरिन्छ । यसै सन्धर्वमा नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हाम्रो महत्वपुर्ण अंगको रुपमा रहेको मुख स्वास्थ्यसँग सम्बन्धित सन्देश फैलाउन यो दिवस मनाइने गरिएको हो ।
मुख स्वस्थ भएमा मात्रै शरिर स्वस्थ रहने चिकित्सकको सुझाब रहेको छ । मुख स्वास्थ्य भन्नाले यससंग सम्वन्धित दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गाला लगायत मुख वरिपरिका अंगको स्वास्थ्यलाई बुझिन्छ। मानिस वा जनावरको मुख स्वस्थ भयो भने मात्रै शरीर स्वस्थ रहन्छ ।
मुखकै कारण शरिरका अन्य अंगमा विभिन्न रोगले आक्रमण गर्ने गर्दछ । त्यसैले मुखको स्वस्थ्यतामा विषेश ध्यान दिनुपर्ने चिकित्सकको सुझाव रहेको छ।
यस्तै मुखको समस्या बढाउनुमा दाँत सबै भन्दा बढी संवेदनशील मानिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ६ अर्ब ७५ करोड मानिस दाँतको रोगबाट पीडित बनेका छन् । दाँतको समस्या विशेषगरी ठुला माििनसलाई भन्दा साना बालबालिकामा बढी समस्या रहेको पाईन्छ ।
जस अनुसार एकदेखि ९ वर्ष सम्मका ५१.२ प्रतिशत दाँतको उपचारको पहुँच बाहिर छन्। नेपाल सरकारले २०७० मा राष्ट्रिय मुख स्वास्थ्य नीति पारित गरिसकेको छ।
तर, हालसम्म पनि यो स्वास्थ्य नीति कार्यान्वयनमा भने आउन सकेको छैन । मुख स्वास्थ्य निर्देशिका २०७१ मा नै नेपालमा दन्त चिकित्सक अस्पताल स्थापना गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, प्रादेशिक अस्पतालमा थप दरबन्दी सृजना गर्ने भनेर नितिमा घोषणा गरेको थियो।
तस्वीर : हेल्थ नेपालबाट साभार







प्रतिक्रिया दिनुहोस