आज:  | Sat, 27, Apr, 2024

सुन तस्करी प्रकरणमा आरोप लागेका कृष्ण व.महरालाई आज हाजिर जमानीमा छाडिँदै

९ चैत्र २०८०, शुक्रबार ११:५४ मा प्रकाशित ( १ महिना अघि) २३६ पाठक संख्या
नारी बाटिका


काठमाडौं ९ चैत ।

विद्युतीय चुरोट (भेप)मा ल्याइएको ९ र ६१ किलो सुन तस्करी प्रकरणमा आरोप लागेका कृष्ण व.महरालाई आजै हाजिर जमानीमा छाडिँदैछ । बुधबार र बिहीबार दुई दिनमा महरासँग लिएको बयानलाई नै आधार बनाई पूर्व सभामुख कृष्णबहादुर महरालाई आज हाजिर जमानीमा छाड्ने तयारी गरिएको हो ।

महरासँगको दुईदिनको बयान सकिए लगतै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)प्रमुख एआईजी श्यामलाल ज्ञवालीले सन्चार माध्यमलाई जानकारी दिनु भयो। उहाँका अनुसार आज हाजिर जमानीमा छाड्ने या म्याद थप गर्ने निर्णय हुने बताउनु भएको छ। यद्यपि उनको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने तयारी भएको शंकेत गर्नु भयो।

महरालाई बयानपछि नर्भिक अस्पतालमै भर्ना गरिएको थियो । उनलाई बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गर्ने गरिएको थियो । बयानका क्रममा उनको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ।

यसै चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरामाथि बुधबारदेखि बयान लिएको थियो। सोही दिन मै काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको थियो। अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप)मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महरा जोडिएको अनुसन्धान ब्युरोले जनाएको थियो। सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षका लागि थुनामा छन्।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठित सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी गठित जाँचबुझ आयोगले घटनामा संलग्न रहेको पाइएपछी उनी विरुद्ध थप अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेपछी सोही सिफारिसका आधारमा उनलाई सिआइबीले पक्राउ गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस