आज:  | Sat, 27, Apr, 2024

न्याय क्षेत्रमा संविधान अनुसार महिलाको प्रतिनिधित्व छैन:न्यायाधीश कार्की

९ चैत्र २०८०, शुक्रबार १२:५३ मा प्रकाशित ( १ महिना अघि) १२९ पाठक संख्या
नारी बाटिका


फाइल फोटो

काठमाडौँ ९ चैत।

न्याय क्षेत्रमा महिलाको प्रतिनिधित्व नभएको पूर्वप्रधान न्यायाधीश कार्कीले बताउनु भएको छ । नेपालको संविधानले व्यवस्था गरिए अनुसार न्यायालयमा उचित रुपमा महिलाको प्रतिनिधित्व नभएको पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले बताउनु भएको हो।

शुक्रबारबाट ललितपुरमा आयोजित महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नु हुंदै कार्कीले न्यायालयमा नेपालको संविधानले व्यवस्था गरे अनुसार महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताउनु भयो।

‘विगतको तुलनामा हाल न्याय क्षेत्रमा प्रवेश गर्न चाहने महिलाका लागि केही सहज बनेको छ,’ उहाँले भन्नु न्, ‘तर संविधानअनुसार महिलाको प्रतिनिधित्व भने अझै हन सकेको छैन । राज्यले यसमा ध्यान दिन जरुरी छ उहाँको भनाइ थियो ।’

उहाँले यो सम्मेलन नेपालमा महिला न्यायाधीशहरूको वृद्धि विकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गर्नु भएको छ। कार्कीले आगामी दिनमा महिला न्यायाधीशहरूले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य सम्पादन पनि राम्रो हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस