
काठमाडौं १५ चैत ।
नेपाली काँग्रेसकी नेतृ आरजू राणा देउवाको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया, भएको छ । केही समयदेखी अस्वस्थ रहनु भएकी कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद आरजू राणा देउवाको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको हो ।
डा देउवाको सचिवालयका अनुसार उहाँको भारतको नयाँदिल्लीमा साकेतस्थित म्याक्स अस्पतालमा प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको जनाइएको छ ।
उहाँको शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख रहेको तर उहाँको अझै केही दिन अस्पतालमै रहेर उपचार गरिने सचिवालयले जनाएको छ।चैत २ गते नयाँदिल्लीको अस्पताल जानु भएको थियो। साथै दुई वर्षदेखि उहाँले नयाँ दिल्लीका अस्पतालमा फलोअप गराईरहनु भएको थियो ।












प्रतिक्रिया दिनुहोस