आज:  | Tue, 30, Apr, 2024

सहकारी संस्था र लघुवित्त ठगी प्रकरणमा नाम जोडिएकाहरुलाई सरकारले नै जोगायो : नेता केसी

१७ चैत्र २०८०, शनिबार १६:२६ मा प्रकाशित ( १ महिना अघि) ३६५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ -१७ चैत ।

सहकारी संस्था र लघुवित्त ठगी प्रकरणमा जोडिएकाहरुलाई सरकारले नै जोगाएको नेपाली काँग्रेसका नेता अर्जुन नर्सिङ केसीले बताउनु भएको छ । कांग्रेसका सांसद समेत रहनु भएका नेता केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेलाई सरकारले नै जोगाएको आरोप लगाउनु भएको हो ।

आज काठमाडौँमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्नु हुदै उहाँले अहिले देशव्यापी सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको र त्यस्ता ठग्हरुलाई सरकारले संरक्षण गरिरहेको बताउनु भयो।

यतिबेला राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौति तर्फ गैरहेको र नागरिकहरुमा निराशा छाएको स्पष्ट पार्नु भयो । यस्तै उहाँले जनतामा निराशा र अनुन्तुष्टि आइरहेकोले बिस्तारै समाज विद्रोह र अराजकतातिर उन्मुख भइरहेको पनि जिकिर गर्नु भयो ।

साथै पछिल्लो समयको सरकार सरकार जसरी र संसद संसद जसरी सञ्चालन हुन नसकेको समेत प्रष्ट पार्नु भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस