आज:  | Tue, 30, Apr, 2024

शनिबारको चट्याङ र हावाहुरीले एक बालिकाको मृत्यु,साथै काँ के क्षति भयो?(विवरण सहित)

१८ चैत्र २०८०, आईतवार ०८:३१ मा प्रकाशित ( १ महिना अघि) ३७१ पाठक संख्या
नारी बाटिका


काठमाडौं १८ चैत ।

शनिबार बेलुकी परेको चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ । त्यसैगरी हावाहुरी र चट्याङसँगै भएको वर्षामा पाल्पामा रुख ढलेर स्कुटर चालकको पनि मृत्यु भएको छ । शनिबार साँझ आएको हावाहुरीले काँ काँ के के क्षति भयो त ? पुरा ( विवरण सहित )

शनिबार साँझ बागमती प्रदेशको काठमाडौं,धादिङ,नुवाकोट, लगायत धेरै स्थानमा क्षेति पुर्याएको छ । यसैगरी कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसँगै वर्षा भएको छ । चट्याङले दैलेखको भैरवी गाउँपालिका– ७ पानीपोखरीकी १२ वर्षीया बालिका शर्मिला कँडेलको ज्यान लिएको छ । घरमै बसिरहेकी बालिकालाई चट्याङ खस्दा उनको छाती र पेटमा चोट लागेपछि उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटैमा उनको ज्यान गएको हो ।

त्यस्तै, पाल्पामा हावाहुरीले रुख ढलेर स्कुटर किच्दा एकजनाको पनि मृत्यु भएको छ । साथै तीनजना घाइते भएका छन् । साँझपख आएको ठुलो हावाहुरीका कारण पाल्पा–डुम्रे सडक जरेपीपलस्थित उत्तिस र सल्लाको रुख ढलेर लाग्दा लु..८१प ११३६ नम्बरको स्कुटरलाई थिचेपछी चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तानसेन नगरपालिका– ५ कैलाशनगरका भुवन सिँजालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिँजाली हावाहुरी चलेपछि ओत लाग्ने क्रममा रुख ढलेर मृत्यु भएको थियो  । त्यस्तै, ऐ.ऐ. स्थानमा रोकिराखेको ग.१०प ५७२१ नम्बरको स्कुटर र अर्को एक मोटर साइकल पनि च्यापिँदा तीनैजना घाइते भएका छन् । शनिबार दिउँसो हल्का घाम लागेको भएतापनि साँझपख असिनापानीसँगै वेगले हावाहुरी चल्दा गुल्मीमा विद्युत्को हाइटेन्सन लाइनका पोल ढलेपछि सो क्षेत्रमा विद्युत् पूर्ण रूपमा ठप्प भएको छ ।

वीरवास सबस्टेसनमा आउने ३३ केभी लाइन अन्तर्गत अर्घाखाँची–बलकोट क्षेत्रमा रुख र पोल ढलेकाले विद्युत अबरोध भएको हो । त्यस्तै, रिडी–वीरवासका हाइटेन्सन लाइनका चार–पाँच पोल ढलेपछि गुल्मी वितरण केन्द्रको विद्युत् आपूर्ति अवरुद्ध भएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले हावाहुरी र चट्याङ सहित वर्षा गराउने प्रणाली राति नै पूर्वतिर लागेको जनाउनु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुसँगै दक्षिण आसाम आसपासमा रहेको न्यून चापिय क्षेत्रको पनि प्रभाव रहेकाले हावाहुरी चट्याङ सहित वर्षा भएको हो । प्रिमनसुन अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षा हुने गर्छ ।

प्रिमनसुन सक्रिय भएको देखिन्छ, शनिबार दिउँसो लुम्बिनी, गण्डकी र बागमतीमा केन्द्रित वर्षा साँझ काठमाडौंमा भएको थियो,’ मौसमविद् अर्यालले भन्नु हुन्छ ,‘राति नै उत्तरपूर्व वर्षा भएको छ । आइतबार पनि आइसोलेटेड रेनफल (खण्डीत वर्षा) हुने अबस्था छ  ।’

त्यस्तै आज आइतबार पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको भएतापनि हिजो, शनिबार झैं स्थानीय वायु पनि सक्रिय भई खण्डित वर्षा समेत हुन सक्ने मौसमविद् अर्यालको भनाई छ ।

यससंगै शनिबार गोरखाथित बारपाकमा १० मिनेटमै १८.८ मिलिमिटरको वर्षा भयो ।
गोरखाको बारपाक क्षेत्रमा अत्यधिक वर्षा भएको जनाइएको छ । त्यस क्षेत्रमा शनिबार साँझ तीन घन्टामै ९०.१ मिलिमिटरको वर्षा भएको जल तथा मौसम विज्ञान विभागको स्वचालित वर्षा मापन केन्द्र (अप्रशोधित तथ्यांक) मा रेकर्ड भएको छ ।

बारपाक क्षेत्रमा शनिबार बिहान ६ बजेदेखि अपराह्न सवा ४ सम्म १.५ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ । त्यसपछि भने निरन्तर वर्षा भएकोमा साँझ ७ बजेसम्म ९१.८ मिमि रेकर्ड हुन्छ । बारपाक क्षेत्रमा खण्डित वर्षा भएको हो । अपराह्न ४ ः ५५ देखि एक घन्टामा ५८.४ मिमि पानी परेको देखिएको हो  ।

तर सो क्षेत्रमा वर्षा भने रोकिँदै फेरि परेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार बारपाक क्षेत्रमा अत्यधिक वर्षा भएको जनाएको छ । ‘एक मिनेटमा एक मिमि पानी पर्‍यो भने ठूलो वर्षा भन्ने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%५%१%

प्रतिक्रिया दिनुहोस