आज:  | Tue, 30, Apr, 2024

६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा धादिङमा विभिन्न कार्यक्रम गरी मनाईयो

२० चैत्र २०८०, मंगलवार २०:०९ मा प्रकाशित ( ३ हफ्ता अघि) ४८० पाठक संख्या
नारी बाटिका


धादिङ २० चैत ।

६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा धादिङमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

आज राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रभातफेरी गरिएको छ । जिल्ला बचत संघ,जिल्ला सहकारी संघ तथा जिल्ला सानाकिसान सहकारी संघ धादिङको सयुक्त आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा धादिङवेसीमा प्रभातफेरी गरिएको थियो । त्यसैगरी जिल्लामा क्रियाशिल सहकारी संस्थाहरुको सहभागितामा अन्तर्रकृया कार्यक्रम गरिएको थियो ।

त्यसैगरी ६७ औं राष्ट्रिय सहकारी दिवसकै अवसरमा केन्द्रीय बचत सहकारी संघ फिल्ड कार्यलय धादिङको आयोजनामा हाल सहकारीमा देखिएका समस्या,चुनौती र समाधानका उपायहरुको विषयमा अन्तर्रकृया कार्यक्रम सम्पन्न गरिएको छ ।

आज भन्दा ६७ वर्ष अघि अर्थात् २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारी संस्थाको रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष आजकै दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन रहेको छ ।

सहकारीको माध्यबाट समाजमा काम गर्नु पर्छ भन्ने धारणाका साथ विकासप्रेमी तथा अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा तथा संस्थापक जस्ता उपमाहरुद्वारा सम्मान भाव प्रकट गरिन्छ ।

तर पछिल्लो समयमा देशका विभिन्न जिल्लामा संन्चालित केही तथा २।४ वटा सहकारी संस्थाका संन्चालक,कर्मचारी तथा सदस्यहरुले सहकारीको मुल्य मान्यता विपरित काम गरेका तथा सहकारीका आर्थिक हिनामिना गरेकाले वर्तमान परिप्रेक्ष्यमा सदस्यको बचत रकमको सुरक्षा तथा ऋण लगानी र असूलीमा चुनौती भन्ने विषयमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको हो ।

यस्तै राष्ट्रिय सहकारी दिवशकै अवसर पारेर शिक्षक कण्याण सहकारी संस्थाले विद्यालयहरुमा वक्तित्वकला कार्यक्रम सम्पन्न गरेको थियो । उक्त वत्तित्वकला कार्यक्रममा थाँक्रे अर्मखु माविकी कक्षा १२मा अध्ययनरत छात्रा ममता तामाङ प्रथम,नेत्रावती निरन्जना माविकी भुमिका अधिकारी द्धितीय,महेन्द्र मावि नीलकण्ठकी सुमित्रा नेपाली तृतीय र किरान्चोक मावि गजुरी ८ की निश्चल खतिवडा सान्तोना भएका छन् । सोही दिवसका अवसरमा उत्कृष्ट स्थान हाँशिल गरेका उनीहरुलाई सहकारीका अध्यक्ष केशरीप्रशाद पन्थले नगद तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षता तथा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धादिङ बचत संघका अध्यक्ष नवराज शर्मा,पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा,नीलकण्ठ नगरपालिकाका सामाजिक अधिकृत उर्मिला थपलिया,जिल्ला सहकारी संघका उपाध्यक्ष भवानी वर्माको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्रोतपरिचालन सहकारी संस्था,नारी विकास सहकारी संस्था,शिवज्वती महिला सहकारी संस्था,नीलकण्ठ महिला सहकारी संस्था,भैरवी सहकारी संस्था,ज्वती सहकारी संस्था,सहारा महिला सहकारी संस्था लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस