आज:  | Tue, 30, Apr, 2024

आजको राष्ट्रिय सभा बैठकबाट उपाध्यक्षको निर्वाचन मिति तोकिदै

२१ चैत्र २०८०, बुधबार ०७:५६ मा प्रकाशित ( ३ हफ्ता अघि) १३६ पाठक संख्या
नारी बाटिका


काठमाडौं २१ चैत ,

आज बस्ने राष्ट्रिय सभा बैठकमा उपाध्यक्ष निर्वाचनको मिति तोकिदैछ । बैठकमा उपाध्यक्ष पदको निर्वाचन मिति तोक्ने कार्यसूची रहेको छ। बुधाबार दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको छ।

मुलुमा बनेको नयाँ सत्ता गठबन्धन दलमा भएको सहमति अनुसार अध्यक्ष माओवादी केन्द्रले लिएपछि उपाध्यक्ष अन्य दलबाट बनाइने सहमती भएको हो। पुर्व सहमति अनुसार उपाध्यक्ष पद एमालेलाई दिने भनिएको थियो। एकीकृत समाजवादी गठबन्धनमा सहभागी भएपछि यो विषय सहमतिबाट हटाइएको थियो। एकीकृत समाजवादीले उपाध्यक्ष पद आफूले पाउनु पर्ने माग राख्दै आएको छ।

यस्तै आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर जानकारी गराईने छ भने विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९।०८० लाई राष्ट्रियसभा बैठक समक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस