
नारी बाटिका
काठमाडौँ २१ चैत ।
जिल्ला र उच्च अदालतले छाडेका न्यायाधीश भुवन गिरीलाई थुनामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । वैवाहिक बलात्कारको मुद्दामा न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आज सर्वोच्चले आदेश दिएको हो ।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
यसअघि गिरीलाई काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसपछि पििडतका पक्षबाट मुद्दा सर्वोच्चमा पुगेको थियो। सर्वोच्चले उक्त आदेश वेरितको रहेको भन्दै बदर गरिदिएको हो।
न्यायाधीश गिरीकी पत्नी आरतीले आफूमाथि बलात्कार भएको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी सरकारी वकिल मार्फत मुद्दा चलाइएको थियो। न्यायाधीश गिरी भने हाल निलम्बनमा परेका छन्।
यता आज सर्वोच्च अदालतको इजलासकै क्रममा गिरी पत्नी आरतीले भने शंकास्पद वस्तु खाएपछि अहिले वीर अस्पतालमा उनलाई भर्ना गरिएको छ। 







प्रतिक्रिया दिनुहोस