
नारी बाटिका
काठमाडौं -२३ चैत।
गृहमन्त्री रवि लामिछानेका पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यम विरूद्ध मुद्दा दायर गरेकी छन्। केही दिनदेखी उपाध्यक्ष हुदा सहकारीको रकम अपचलन गरेको भन्दै विभिन्न संन्चारमाध्यमले आफ्नो नाम जोडेकोमा आपत्ती जनाउदै पौडेलले विभिन्न मिडियाका प्रकाशक र सम्पादकहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दायर गरेकी हुन् ।
उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको दफा ३०७ ९२० बमोजिम प्रति व्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबी सहित लिखित गाली बेइज्जतीको मुद्दा दायर गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रकाश पन्थीका अनुसार पौडेलले सञ्चारमाध्याम विरुद्ध मुद्दा दायर गरेको जानकारी दिनु भएको छ ।
तर कुन कुन संन्चारमाध्यम बिरुद्ध मुद्दा दायर गरेकी हुन् भन्ने विषयमा खुल्न बाँकी छ ।








प्रतिक्रिया दिनुहोस