
नारी बाटिका
काठमाडौँ २४ चैत ।
आगामी वैशाख १५ मा ईलाम २ र बझाङमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गरिदैछ । मनोनयन पत्र दर्ताको लागी शनिबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ।
आजै(शनिबार) साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्ने निर्बाचन कार्यतालिका छ । यससंगै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोली (आइतबार) बिहान १० बजेदेखि ३ बजेसम्मको समय तय गरिएको आयोगले जनाएको छ।
साथै उम्मेदवारको विरोधमा परेको उजुरीबारे निर्णय लिन अपराह्न ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्रमाथी जाँचबुझ गर्नेछ।
यस्तै चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने समय निर्धारण गरिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।
ईलाम २ र बझाङमा आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानका लागी तय भएको छ। प्रतिनिधिसभा इलाम क्षेत्र नं(२ र बझाङ प्रदेश(१ (१) मा उपनिर्वाचन हुन लागेको हो।








प्रतिक्रिया दिनुहोस