
नारी वाटिका डट्कम
काठमाण्डौ -६ भदौ ।
बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको दिगो रुपमा फोहोर व्यवस्थापनको लागी छलफल गर्न आयोजित बैठकमा रास्वपा सांसद आशिका तामाङ र स्थानीय सरकारका प्रमुखहरूबीच चर्काचर्की भएको हो।
सञ्चारमन्त्री विक्रम तिमल्सिनाको संयोजत्वमा सिंहदरबारमा सुक्रबार आयोजित काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा राखिएको महत्वपुर्ण बैठकमा प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिहरूको सहभागितामा छलफल आयोजना गरेका थिए।
उक्त बैठकमा सांसद तामाङ पनि सहभागी रहेको र छलफलका क्रममा निकै चर्का चर्की परेको थियो ।
छलफलका क्रममा तामाङ र जनप्रतिनिधि स्थानीय सरकार (नगरपालिकाका मेयर)हरूबीच भनाभन भएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतका जनप्रतिनिधिले उनलाई सम्झाउने प्रयास गरेका भएपनि तर, तामाङ झन् आक्रोशित बनेकी थिइन्।
मेयर महर्जनले ‘त्यतिकै बेस्सरी कराएर मात्रै हुन्छ ? भनेर सांसद् तामाङलाई सम्झाउँदा उल्टै त्यसको जवाफमा तामाङले ‘आउनु पर्यो नि’ भनेकी थिइन्।
त्यसपछि सांसद तामाङले बञ्चरेडाँडा क्षेत्रका स्थानीयको समस्या समाधानमा स्थानीय सरकारले अहिलेसम्म आँखा चिम्लिएको समेत आरोप लगाईन् । उनले भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी दिँदै छलफल चलिरहेकै अवस्थामा बैठक छाडेर बाहिरिएकी हुन्।












प्रतिक्रिया दिनुहोस