आज:  | Mon, 29, Apr, 2024

शैक्षिकसत्र सुरु हुनु अगावै ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा

२६ चैत्र २०८०, सोमबार १९:३० मा प्रकाशित ( ३ हफ्ता अघि) १५१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २६ चैत।

आगमी वर्षको शैक्षिकसत्र सुरु हुनु अगावै ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ । केन्द्रका अनुसार देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको दावी गरेको हो । यसैगरी चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाईको काम सकी हालसम्म ८० प्रतिशत विद्यालयमा पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिनु भयो ।

आज (सोमबार)सम्म देशभरका ७५ जिल्लामा ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको झा को भनाई छ । सोमबारदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पनि पाठ्यपुस्तक वितरण कार्य सुरु भएको उहाँले बताउनु भयो । कैलालीमा भने भोली(मंगलबार)देखि पुस्तक बिक्री सुरु गरिनेछ । यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताएका हुन् ।

तर हालसम्म स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नपठाउँदा पाठ्यपुस्तक बिक्रीमा केही समस्या भएको उहाँको भनाइ छ । झा का अनुसार सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि सोमबार रकम निकासा भएको बताउनु भयो । दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौँ उपत्यकामा पनि सुरु गरिने उहाँको भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस