
काठमाडौँ २८ चैत।
आज राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुंदैछ । उपाध्यक्ष पदका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । नेपाली काँग्रेसका तर्फबाट र नेपाल कम्युनिष्ट पार्टी एमालेका तवर्mबाट छुट्टा छट्टै २ जनाको उम्मेदवारी दर्ता भएको हो ।
एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छिन् भने उनका प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामीले हस्ताक्षर गरेका छन् ।
यस्तै, नेपाली काँग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवारी दर्ता गराइएको छ । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् । राष्ट्रिय सभा उपाध्यक्षमा म्याद सकिएर तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।












प्रतिक्रिया दिनुहोस