आज:  | Mon, 29, Apr, 2024

नयाँ शैक्षिक सत्रका लागि वैशाख २ देखि विद्यार्थी भर्ना अभियान संन्चालन

२९ चैत्र २०८०, बिहीबार ०९:१० मा प्रकाशित ( २ हफ्ता अघि) १८० पाठक संख्या
नारी बाटिका


काठमाडौँ — २९ चैत ।

नयाँ शैक्षिक सत्रका लागि वैशाख २ देखि देशभर विद्यार्थी भर्ना अभियान संन्चालन गरिदैछ । पछिल्लो समयमा देशभरी नै विद्यार्थी संख्या घट्दो विद्यालयको भौतिक सम्रचना निर्माण भने बड्दो हुदै गैरहेको अबस्थामा सरकारले आगामी वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान शुरु गर्न लागिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नका लागि स्थानीय तह र सम्बन्धित पक्षलाई पत्राचार मार्फत नै निर्देशन गरेको छ।

वैशाख २ गते अभियानको पहिलो दिन सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तरक्रिया समेत गर्ने कार्यक्रम तयार गरेको छ।

नयाँवर्ष सुरु भएसंगै वैशाख २ देखि २१ गतेसम्म रेडियोबाट अभियानबारे सन्देश प्रसारण गर्ने केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले जानकारी दिए। निजी विद्यालयल प्रति विद्यार्थी र अभिभावकको आक्रषण कम गराउनका लागी पनि सामुदायिक विद्यालय केन्द्रित हुने यस अभियान अन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशन अनुरूप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिने बताएको छ ।

यस्तै वैशाख ५ गते अभियानको ब्यानर सहित समुदायमा घरदैलो कार्यक्रम र वैशाख ७ गते अभिभावक विहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ।

यसैगरी अभियानकै क्रममा वैशाख १० गते सम्म भर्ना भएका विद्यार्थीलाई पोशाक र छात्रवृत्ति प्रदान गरिनेछ। वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाउने केन्द्रले जनाएको छ। निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रकृया गरिरहेका छन्।

‘यस वर्षको सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ संन्चालन गरिने भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षा सम्बन्धी नेपालको संविधानको मौलिक हक (धारा ३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन २०७९’ अनुसार पूर्वप्राथमिक तहको कुल भर्नादर ९४.९ प्रतिशत छ। विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बिचमै पढाइ छाड्ने क्रम रोकिएको छैन । बरु १२ उतिर्ण भइसकेपछी ठुलो संंख्यामा नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययनमा जाने गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस