आज:  | Mon, 29, Apr, 2024

राजनीतिकमा महिलाको पीडादायक अवस्था:प्रमुख निर्वाचन आयुक्त थपलिया

३ बैशाख २०८१, सोमबार १२:४२ मा प्रकाशित ( २ हफ्ता अघि) १४८ पाठक संख्या
नारी बाटिका


काठमाडौं -३ चैत ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालको राजनीतिकमा महिलाको पीडादायक अवस्था रहेको बताउनु भएको छ । थपलियाले राजनीतिक दलहरुबाट महिलाको हित,उन्नति,कल्याण,उपलब्धि हुने अपेक्षा गर्नुपर्नेमा हालको अबस्था हेर्दा पीडादायक रहेको बताउनु भएको हो।

आयोगद्वारा सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा आयोजित निर्वाचन र महिला, नेपालको प्रयास, उपलब्धि र कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनका बेला महिला र समावेशी नीति, लैङ्गिक तथा समावेशी नीति भनेर तर्जुमा गरेको र सबै राजनीतिक दलहरुमा निर्वाचन आयोग र अन्य काम गर्ने गरी लैङ्गिक सम्पर्क व्यक्ति राख्न चिठी लेखेको तीन वर्ष बितिसक्दा पनि नाम पठाउन नसकेको बताउनु भयो।

उहाँले महिलामाथि आक्रमण, विभेद,अपहेलना र नजानिदो किसिमले राजनितिमा पनि महिलालाई हिंसा भइरहेको जिकिर गर्नु भयो। थपलियाले कानूनी संरचनामा निर्मम ढंगले विश्लेषण गर्नुपर्ने स्थिति आएको बताउनु भयो।

प्रमुख आयुक्त थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आयोगले स्पष्ट धारणा राखे पनि आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न भएको बताउनु भयो।

थपलियाले संविधान र कानूनको व्यवस्थालाई धुमिल र अस्पष्ट बनाउने काम भएको र राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दलित,अल्पसंख्यक,अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व पुरुष बाहेकको हुनु हुँदैन भन्ने खालको राजनीतिक दलहरुको धारणा रहेको भन्नु भयो।

यस्तै ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा आज म धेरै बोलिन। पहिले मजाले बौल्यौँ हामीले। राम्ररी नै बोल्यौँ। उल्टै आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न धेरै ठाउँबाट गरियो।

म अहिले त्यहाँ प्रवेश गर्दिन। संविधान र कानूनको व्यवस्थालाई धुमिल र अस्पष्ट बनाउने काम भयो। नतिजाले त्यही देखाउँछ भन्नु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस