
नारी बाटिका
काठमाडौँ-५ वैशाख ।
आज भगवान रामको जन्मदिन अर्थात रामनवमी पर्व देशभर मनाइँदैछ । आजको दिन हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा आरधना गरी रामनवमी मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीका दिनमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रुी रामचन्द्रको स्मरण गर्दै यस पर्व मनाउने गरिएको हो ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थहरु तथा रामायणमा उल्लेख रहेको छ । आज भक्तालुजनले आफुलाई पायक पर्ने नेपालका विभिन्न नदी, ताल, कुण्डमा गई स्नान गरी,शुद्ध भई व्रत बसेर रामगीता पाठ गर्ने गर्दछन् ।
संस्कृतिविद् रामदयाल राकेशका अनुसार भगवान रामचन्द्रको जन्मदिन भएकाले रामनवमी हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । विशेष गरी यस दिनको “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ”, उहाँले भन्नुभयो, “पूजापाठ गर्ने, नदीमा स्नान गर्ने,शद्ध भई पून्य आर्जन गर्र्ने चलन छ ।”








प्रतिक्रिया दिनुहोस