आज:  | Fri, 03, May, 2024

धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिने : राष्ट्रपति

९ बैशाख २०८१, आईतवार ०७:३१ मा प्रकाशित ( १ हफ्ता अघि) १२७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ -९ वैशाख।

आज २६२३औँ महावीर जयन्ती हो ।यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शुभकामना सन्देश व्यक्त गर्नु भएको छ । उहाँले शुभकामना सन्देश मार्फत धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिने बताउनु भएको छ । यस्तै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताउनु भएको हो ।

२६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गरेको मार्गदर्शनको परिपालन गर्न आग्रह पनि गर्नु भएको छ ।

“सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास छ”, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामनामा भनिएको छ । उहाँले सम्पूर्ण नेपाली जैन धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नु भएको छ।

हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपालल गायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए ।

नेपालमा वैदिक, बौद्ध, जैन, शिख लगायतका समुदायबाट प्रत्येक वर्ष आजकै दिन उत्साह पूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस