
नारी बाटिका
काठमाडौँ १० वैशाख।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज आज इजरायलमा मर्मतपछि काठमाडौँ आउँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिनु भयो ।
आईबार मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रियापछी मन्त्री तामाङले सो बारे जाकारी दिनु भएको थियो । लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौँ आउन लागेको हो । आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी जहाज आउन लागेको बताउनु भयो ।
उक्त जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौँ ल्याउन लागिएको हो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारो बडी जहाज आज राति काठमाडौँ आइपुग्नेछ । जहाज चाँडो मर्मतका लागि पहल गर्दा पनि प्राविधिक कारण विलम्ब भएको उनको भनाई छ ।
नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिज सहितको इन्जिन मर्मत सम्झौता भए अनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।
यसैगरी पर्यटनमन्त्री तामाङले युरोपेली सङ्घ (इयूले) नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाएको पनि जानकारी दिनु भयो । उहाँले भन्नु भयो, “नेपालका जहाज युरोपका आकाशमा सिधै उडान गर्नेगरी कार्ययोजना बनाउनुपर्छ भन्ने हिसाबले मैले पद बहालीका क्रममा बोलेको थिए ।
थप्दै मन्त्री तामाङले भन्नु भयो त्यो कुरामा म अहिले पनि अडिग छु । सम्बन्धित संस्था, विज्ञ र निजी क्षेत्रसँग छलफल र परामर्श गरिरहेका छौँ, नेपालका जहाज संसारको आकाशमा निर्बाध रुपमा उड्न पाउनु पर्छ ।”
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालयल र मातहत निकायबाट गरिनु पर्ने काम नियमित भइरहेको बताएका छन् । नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहेका सचिव डा काफ्लेले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति निष्पक्ष र पारदर्शी हुने बताए । साथै सिइओ छनौट समिति आफैँमा स्वतन्त्र भएकाले नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष ढङ्गले हुने दाबी गरे ।








प्रतिक्रिया दिनुहोस