आज:  | Fri, 03, May, 2024

वैशाख १० देखि १४ सम्म शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह कार्यक्रम संन्चालन

१० बैशाख २०८१, सोमबार १९:४० मा प्रकाशित ( १ हफ्ता अघि) २०८ पाठक संख्या
नारी बाटिका


  1. काठमाडौँ १० वैशाख।

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु भएको छ । सबैका लागी शिक्षामा पहँुच पुर्याउनका लागी अप्रिल २२ देखि अप्रिल २६ (वैशाख १० देखि १४० सम्म नेपाल लगायत विश्वका १५० भन्दा बढी मुलुकमा कार्य सप्ताह मनाउन लागिएको हो ।

यस अभियानका लागी नेपालमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल)ले कार्य सप्ताहमा सचेतनामुलक विविध कार्यक्रम सुरु गरेको छ । कार्य सप्ताह अन्तर्गत आज दिउँसो काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो ।

विद्यालय र सिकाइ केन्द्रहरूमा अनलाइन शिक्षा, विद्यालयको पाठ्यक्रममा समसामयिक पुनर्विचार तथा परिमार्जन र शिक्षालाई दैनिक जीवनसँग जोड्दै गुणस्तरीय, समावेशी, जीवन उपयोगी शिक्षामा जोड दिइने यस अभियानको लक्ष रहेको छ ।

परिमार्जित गरी सीप सम्म शिक्षा जोड्दै शैक्षिक रूपान्तरणका लागि तीनै तहका सरकारले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा शिक्षालाई प्राथमिकतामा राख्नुपर्दछ भन्ने मान्यतालाई विश्वव्यापी कार्य सप्ताहको अवसरमा गरिने अभियान मार्फत उजागर गरिने एनसीईले जनाएको छ ।

पछिल्लो समयमा विभिद कारणले शिक्षा र सिकाइमा भएको क्षति पश्चात् संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको रूपान्तरणकारी शिक्षा सम्मेलनमा नेपालल गायत विश्वका विभिन्न १३० राष्ट्रहरूले आ(आफ्नो देशको शिक्षालाई रूपान्तरण गरी शिक्षा प्रणालीलाई सुधार गर्ने र सङ्कटमा परेको शैक्षिक सिकाइ कार्यलाई प्रभावकारिताको साथ अगाडि बढाउन प्रतिबद्धता जनाई सकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस