आज:  | Fri, 03, May, 2024

गजुरी गाउँपालिकाको बन्छेटारमा गुडिरहेको ट्रकमा आगलागी

११ बैशाख २०८१, मंगलवार १९:५६ मा प्रकाशित ( १ हफ्ता अघि) ११६ पाठक संख्या
नारी बाटिका


धादिङ, ११ वैशाख ।

धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–६ बन्छेटारमा मंगलबार गुडिरहेको ट्रकमा आगलागी भएको थियो ।

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रक काठमाडौँ तर्फ लैजादै गरेको अबस्थामा पृथ्वी राजमार्गको बन्छेटारको सडकमा गुडीरहेको ना ४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको हो ।

केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताएका छन् । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो निकै समय सम्म नियन्त्रणमा आउन सकेको थिएन । उक्त ट्रकमा आगलागी भएपछी सो क्षेत्रको राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो ।

आगो नियन्त्रणको लागी धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको थियो । गुडी रहेको ट्रकमा एक्कासी आगलागी भएपछी घटनास्थल नजिकै भएका यात्रुहरुले अचम्मको दृश्य देखियो भन्ने जस्ता कुरा बताएका थिए ।

तस्वीर:गणेश पान्डे

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस