
नारी बाटिका

धादिङ, ११ वैशाख ।
धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–६ बन्छेटारमा मंगलबार गुडिरहेको ट्रकमा आगलागी भएको थियो ।
रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रक काठमाडौँ तर्फ लैजादै गरेको अबस्थामा पृथ्वी राजमार्गको बन्छेटारको सडकमा गुडीरहेको ना ४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको हो ।

केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताएका छन् । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो निकै समय सम्म नियन्त्रणमा आउन सकेको थिएन । उक्त ट्रकमा आगलागी भएपछी सो क्षेत्रको राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो ।
आगो नियन्त्रणको लागी धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको थियो । गुडी रहेको ट्रकमा एक्कासी आगलागी भएपछी घटनास्थल नजिकै भएका यात्रुहरुले अचम्मको दृश्य देखियो भन्ने जस्ता कुरा बताएका थिए ।
तस्वीर:गणेश पान्डे








प्रतिक्रिया दिनुहोस