आज:  | Sat, 04, May, 2024

आजको मौसम : चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना

१३ बैशाख २०८१, बिहीबार ०७:४३ मा प्रकाशित ( १ हफ्ता अघि) २२८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ -१३ वैशाख

आजचार प्रदेशमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही क्षेत्रमा बिहीबार पनि वर्षाको सम्भावना देखिएको छ। बिहिबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको केही स्थानर बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। यस्तै महाशाखाका अनुसार आज बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। मुख्यतया बाँकी भूभागमा मौसम सफा छ।

बिहिबार दिउँसो पहाडी भभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा नै रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा र हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको केही र बाँकी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

यस्तै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

साथै लुम्बिनी प्रदेशको तराई भेगका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस