आज:  | Sun, 05, May, 2024

दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले संकलन

१३ बैशाख २०८१, बिहीबार १५:४१ मा प्रकाशित ( १ हफ्ता अघि) १७५ पाठक संख्या
नारी बाटिका


  1. काठमाडौं १३ वैशाख ।

दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले विवरण संकलन गर्न थाल्नु भएको छ । मन्त्री श्रेष्ठको पहलमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग सहित परिपत्र गर्नु भएको हो।

राजनितिक दलमा आबद्ध रहेका शिक्षकहरू बारे मन्त्रालयमा परेका उजुरी यकीन गरी कारवाही अघि बढाउनका लागि आयोगलाई पत्राचार गरिएको मन्त्रालयले जानकारी दिएको छ।

शिक्षामन्त्री श्रेष्ठले निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको शिक्षक, कर्मचारीहरूको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीहरूको विवरण भिडाएर हेर्ने बताउनु भएको छ।

यसक्रममा शिक्षक,कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐन अनुसार पदबाट हटाउने सम्मको कारबाही प्रक्रिया अघि बढ्ने बताईएको छ।

सातै प्रदेमा कतिपय शिक्षकहरू दलको सक्रिय सदस्य रहेको, विभिन्न कार्यसमितिमा रहको र महाधिवेशन प्रतिनिधि बनेको जस्ता उजुरी तथा गुनासो मन्त्रालयमा परेका छन्।

मन्त्रालयले केही दिनअघि दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय इकाइहरुमा पत्र पठाइसकेको छ। कतिपय जिल्ला इकाइले कारबाही पनि अघि बढाइरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस