आज:  | Sun, 05, May, 2024

सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सहित ११ अधिकृतको सरुवा

१३ बैशाख २०८१, बिहीबार १९:०७ मा प्रकाशित ( १ हफ्ता अघि) १३० पाठक संख्या
नारी बाटिका


काठमाडौँ १३ वैशाख।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सहित ११ जना अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय तथा स्थानीय निकायमा कार्यरत शाखा अधिकृतहरूको सरुवा गरेको हो ।

मन्त्रालयद्वरा उपलव्ध गराएको विवरण अनुसार बाँकेको डुडुवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीलाई राप्तीसोनारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ ।

यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा कार्यरत शाखा अधिकृत तेजिन्द्र गौतमलाई बर्जु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवलाई मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय कोशी प्रदेशमा सरुवा गरिएको छ ।

यस्तै बैजनाथ गाउँपालिका बाँकेका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवलाई गृह मन्त्रालयमा,जाजरकोटको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत प्रशन्नदीप राईलाई थुलुङ दुधकोशी गाँउपालीका सोलुखुम्बुको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ ।

यसैगरी तिला गाउँपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढा थापालाई जिल्ला समन्वय समिति जुम्लामा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा कार्यरत शाखा अधिकृत विनोद कुमार भण्डारीलाई जहदा गाउँपालिका मोरङको प्रमुख प्रशासकीय अधिकृत पचरौता नगरपालिकामा खटाएको छ।

बाराका प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर कुमार सिंहलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, जिल्ला समन्वय समिति प्युठानमा कार्यरत हरि प्रसाद पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिल्ला समन्वय समिति सुर्खेतमा कार्यरत मेघनाथ सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस