आज:  | Wed, 08, May, 2024

आजको मौसम : यी प्रदेशमा आज हावाहुरी र वर्षाको सम्भावना

१५ बैशाख २०८१, शनिबार ०८:०५ मा प्रकाशित ( १ हफ्ता अघि) १८० पाठक संख्या
नारी बाटिका


काठमाडौं १५ वैशाख ।

आज यी प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली छ। बाँकी भुभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही भाग तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। त्यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही, सुदूरपश्चिम प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस