आज:  | Fri, 10, May, 2024

इलाम निर्बाचन अपडेट : ईलाम क्षेत्र २ उपनिर्वाचन ५७ प्रतिशत मत खसेको अनुमान

१५ बैशाख २०८१, शनिबार १९:१८ मा प्रकाशित ( १ हफ्ता अघि) १२१ पाठक संख्या
नारी बाटिका


इलाम १५ वैशाख।

इलाम निर्बाचन अपडेट ईलाम क्षेत्र २ उपनिर्वाचन ५७ प्रतिशत मत खसेको अनुमान गरिएको छ । आज (शनिवार) भएको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ भने ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

सो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदातामध्ये कुल ६६ हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । उहाँले विस्तृत विवरण भने आउन बाँकी रहेको बताउनु भएको छ।

यसबारे बिस्तृत जानकारी लिनको लागी हामीले जिल्ला निर्बाचन कार्यलय ईलाम तथा क्षेत्र नं.का मतदान अधिकृतलाई सम्पर्क गर्ने कोसिस गर्यो तर मौसम गडबडीका कारण उहाँँसंग सम्पर्क हुन सकिरहेको छैने । ईलाम जिल्ला प्रशासन कार्यालयका अनुसार सबै (७९ वटै) मतदानस्थलका १४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको बताईएको छ ।

‘साढे ३ बजेसम्ममा ५२ प्रतिशत मत खसेकाले जम्मा खसेको मत त्यो भन्दा बढी आउनेछ,’प्रमुख जिल्ला अधिकारी यादवले भन्नु भयो, ‘तर सबै तिरको फाइनल मत विवरण जोड्न बाँकी छ। कुन–कुन केन्द्रमा ५ बजेसम्ममा कति मतदाताले मतदान गरिरहेका छन् भन्ने विवरण पनि आउन बाँकी रहेको बताउनु भयो।’

सबै मतदान केन्द्रमा मतदान सकिएसंगै मतपेटिका सदरमुकाम ल्याएर सम्भवतः आजै साँझ मतगणना शुरु हुनेछ। मतपेटिका राति १० बजेसम्ममा सदरमुकाम आइपुग्ने अनुमान गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस