आज:  | Tue, 17, Jun, 2025

इलाम२ मा सर्वदलीय बैठक पछी मात्रै मतगणना गरिने

१६ बैशाख २०८१, आईतवार ०७:३२ मा प्रकाशित ( १ साल अघि) ३६२३ पटक पढिएको
नारी बाटिका


फाईल तस्वीर

काठमाडौं- १६ वैशाख ।

इलाम २ मा सर्वदलीय बैठक बसेपछी मात्रै मतगणना कार्य सुरु गरिने भएको छ । यसका लागी अहिले सर्वदलीय बैठक बसी मत गणना शुरू गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी कृष्णबहादुर लिम्बुले जानकारी दिए।

इलाम क्षेत्र नं.२ मा हिजो (शनिबार) सम्पन्न उपनिर्बाचन पछी मतपेटिका सदरमुकाम ल्याइपुर्‍याउन समय लागेकाले आज(आइतबार) बिहान मात्रै मतगणना शुरु गर्न लागिएको हो। अहिले बिहान ७ बजेपछि मात्र मतगणना शुरु हुने भएको छ। ​

इलाम नगरपालिका(२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिनेछ। मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको सुचना अधिकारी लिम्बु बताउनु भयो । उपनिर्वाचन अन्तर्गत इलाम(२ मा शनिबार मतदान भएको थियो। यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त क्षेत्रमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएपछि पुनः उपनिर्वाचन भएको हो। यहाँ १९ उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस